बैंक अफ काठमाण्डू र हेफर नेपालको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंक अफ काठमाण्डू र हेफर नेपालको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडले हेफर नेपालसंगको सहकार्य तथा सम्बन्धीत स्थानीय तहहरुसंगको समन्वयनमा गुल्मी जिल्लाको विभिन्न ग्रामिण स्थानहरु इस्मा, मालिका, मुसीकोटमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गरेको हो । 

उक्त कार्यक्रममा सोही भुभागमा बसोबास गर्ने विभिन्न पेशा तथा स्थानीय स्तरका सहकारीहरुमा आवद्ध महिलाहरुको उपस्थिती रहेको थियो । ग्रामिण भुभागमा बसोबास गर्ने महानुभावहरुलाई बैंकिङ्ग तथा वित्तीय जानकारी दिने हेतुले संचालन गरिएको कार्यक्रममा करिब १५० भन्दा बढिको सहभागिता रहेको थियो ।

बैंक र हेफरको सहकार्यमा संचालन भएको उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन बैंकका प्रमुख संस्थागत निक्षेप विभाग दिलिप पोखरेलद्वारा सहभागिहरुलाई वित्तीय साक्षरताको आवश्यकता र बैंकिङ्ग कारोबारको महत्वबारेमा विभिन्न सन्दर्भ सामाग्रीहरु सहित जानकारी दिए । साथै, हेफर नेपालका प्रतिनिधीहरुले ग्रामीण भुभागमा बैंक र बैंकिङ्ग क्षेत्रले सोही स्थानमा बसोबास गर्ने मानिसहरुमा भएको सकारात्मक प्रभावको बारेमा जानकारी दिएका थिए । 

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।