सार्वजनिक विदा भएपनि शुक्रबार र शनिबार दुबै दिन आरटीजीएस प्रणाली सुचारु हुने

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सार्वजनिक बिदा भएपनि शुक्रबार र शनिबार दुबै दिन रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) प्रणाली सुचारु रहने भएको छ ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै शुक्रबार आरटीजीएस प्रणालीमा नर्मल बिजनेस डे अनुसार नै सञ्चालन रहने जनाएको छ । यस्तै शनिबार विकास ऋणपत्र २०८३ को १२ औं किस्ता अर्धवार्षिक ब्याज भुक्तानीका लागि बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म आरटीजीएस प्रणाली सुचारु रहने सूचनामा उल्लेख छ ।

सरकारले घोडेजात्राका अवसरमा शुक्रबार काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।