के.सी.एल अस्ट्यूट क्यापिटलको नाम परिवर्तन भइ गरिमा क्यापिटल

के.सी.एल अस्ट्यूट क्यापिटलको नाम परिवर्तन भइ गरिमा क्यापिटल


बैंकिङ्ग समाचार, काठमाडौं ।
गरिमा विकास बैंक लिमिटेडको ५१.२० प्रतिशत शेयर स्वामित्व रहने गरी गरिमा क्यापिटल लिमिटेड (साविक के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड) गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको छ र अब उप्रान्त के.सी.एल.अस्ट्यूट क्यापिटल लिमिटेडले प्रदान गर्दै आएका सेवा तथा कारोवारहरु गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुनेछन् ।

के.सी.एल अस्ट्यूट क्यापिटल र गरिमा विकास बैंकबिच गरिमा विकास बैंकले के.सी.एल अस्ट्यूटको शेयर लगानी/स्वामित्व खरीद गर्ने सम्बन्धी गत असार ४ गते समझदारी भएको थियो । 

के.सी.एल अस्ट्यूट क्यापिटलको साउन ८ गतेको विशेष साधारण सभा तथा कम्पनी रजिष्ट्रार कार्यालयको चैत ७ गतेको पत्र अनुसार साविकको के.सी.एल अस्ट्यूट क्यापिटलको नाममा रहेको सम्पूर्ण चल, अचल सम्पत्ति तथा तिर्नुपर्ने कर दायित्व परिवर्तित नामको कम्पनीले सकार्ने व्यहोर्ने गरी कम्पनीकाो नाम परिवर्तन भएको बताइएको छ ।