विभिन्न कार्यक्रम गरि सिटिजन्स बैंकले मनायो ‘ग्लोबल मनि सप्ताह’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
"बिल्ड योर फ्यूचर, बि स्मार्ट अबाउट मनि" भन्ने मूल नाराका साथ संचालन भएको ग्लोबल मनि विकले पैसा वा आय आर्जनको उपयोगिता बढाउने सम्बन्धमा सर्वसाधारणमा सचेतना दिई कार्यक्रम सम्पन्न भएको छ । यस अन्तर्गत सिटिजन्स बैंकले पनि सातै प्रदेशवाट विभिन्न क्रार्यक्रम संचालन गरेको छ । 

जसमा प्रदेश नं १ को लक्ष्मी हाईयर सेकेण्डरी स्कूल, हल्दीबारी, मधेश प्रदेशको बनुला स्कूल, सप्तरी, बाग्मती प्रदेशको रनभुबनेश्वरी हाईयर सेकेण्डरी स्कूल ,देविघाट, नुवाकोट, गण्डकी प्रदेशको पौलस्त्य उच्च माध्यमिक विद्यालय, म्याग्दी, लुम्बिनी प्रदेशको रुपन्देहीमा, कर्णाली प्रदेशको सिमीकोटमा तथा सुदूरपश्चिम प्रदेशको ग्ली सेकेण्डरी स्कूलमा विभिन्न वित्तिय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तिय ज्ञान प्रदान गरेको छ ।

यस क्रार्यक्रमा उपस्थित विधार्थीवर्ग, गृहिणी महिला, वैदेशिक रोजगारमा आवद्धहरुमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकास पारिएको थियाे । यससँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइृएको थियो। नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तिय कारोबार गर्ने क्रममा बैंकिङ्ग प्रणाली कै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैंकिङ्ग प्रणाली मजवुत हुने विश्वास बैंकले लिएको छ ।