बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले रू.१७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । राष्ट्र बैंकले मंगलवारदेखि जारी हुने उक्त ट्रेजरी बिलका लागि सोमवार दिउँसो ३ बजे बोलकबोल हुने जानकारी दिएको छ ।
राष्ट्र बैंकले २८ दिनका लागि रू. ५ अर्ब र ९१ दिनको लागि रू. ९ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । त्यसैगरी १८२ दिनका लागि रू. ३ अर्ब र ३६४ दिनका लागि रू. ५ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । ट्रेजर बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो ।
प्रतिक्रिया