बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि बैंक लिमिटेड रामग्राम परासीले बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तर्राष्ट्रिय रूपमा मनाउदै आइरहेको ‘ग्लोबल मनि विक–२०२२’ को अवसरमा एनएमएमबि बैंक रामग्राम परासी शाखाले रामग्रामस्थित परासी क्याम्पसमा बित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
एनएमबि बैंक लिमिटेड रामग्राम परासीका शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बित्तीय साक्षरता सम्बन्धि सहजीकरण गरेका थिए । उनले बैंकको महत्त्व र दैनिक जीवनमा यसको प्रयोग, डिजिटल बैकिङ्ग, फ्रड र फ्रडबाट सुरक्षित रहने उपाय तथा एनएमबि बैंकमा भिडियो कल माफर्त सन्सारभरबाट खाता खोलिने सुबिधा, शेयर कारोबार, बैंकले प्रदान गर्ने अन्य बैकिङ्ग सेवाको बारे अभिमुखिकरण गरेका थिए ।
कार्यक्रममा परासी क्याम्पसका सह-प्राचार्य गोविन्द न्यौपानेले क्याम्पसका युवा, विद्यार्थी एवं शिक्षक र प्राध्यापकहरुलाइ बित्तीय साक्षरता जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा हार्दिक कृतज्ञ हुदै कार्यक्रमले बित्त सम्बन्धि कुरा आफुहरुलाइ सिकाएकोमा एनएमबि बैंकको सराहना गरेका थिए ।
कार्यक्रममा बैंकका कर्मचारी डिबि कठयात, चिरञ्जीवी पौडेल, काशिराम डुम्रे, विवेक कुमार चौधरी, अमृत भण्डारीको उपस्तिथि रहेको थियो ।
प्रतिक्रिया