सिटिजन्स लाइफ इन्स्योरेन्सको चौथो साधारण सभा आज, आईपीओ जारी गर्ने प्रस्ताव पारित हुँदै

सिटिजन्स लाइफ इन्स्योरेन्सको चौथो साधारण सभा आज, आईपीओ जारी गर्ने प्रस्ताव पारित हुँदै


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा आज (शुक्रवार) हुँदैछ । सभा अल्फोट, छाँयादेवी कम्प्लेक्स ठमेल, काठमाडौंमा दिउँसो ३ बजे शुरु हुनेछ ।

कम्पनीले सर्वसाधारण शेयर (आईपीओ) जारी गर्ने प्रस्ताव उक्त सभामा पेश गर्नेछ । त्यस्तै, कम्पनीको नियमावलीको नियममा आवश्यक संशोधन गर्ने र सो संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाब आएमा सो सम्बन्धी काम गर्न सञ्चालक समितिलाई निर्देशन दिने प्रस्ताव पनि पारित गर्नेछ । 

साथै, सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।