यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर , कुन देशको कति ?

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर , कुन देशको कति ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.७८ रुपैयाँ र बिक्री दर १३४.३८ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज साउदी रियाल एकको खरिद दर ३५.६५ रुपैयाँ र बिक्री दर ३५.८१ रुपैयाँ रहेको छ भने मलेसियन रिंगिट एकको खरिद दर ३०.५६ रुपैयाँ र बिक्री दर ३०.७० रुपैयाँ रहेको छ ।

केन्द्रीय बैंकका अनुसार आज युरोपियन युरो एकको खरिद दर १४८.१९ रुपैयाँ र बिक्री दर १४८.८५ रुपैयाँ रहेको छ । यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७३.८५ रुपैयाँ रहेको छ भने बिक्री दर १७४.६३ रुपैयाँ रहेको छ ।

हेर्नुहोस् कुन देशको मुद्राको विनिमय दर कति ?