काठमाडौं – लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन आचार्य नियुक्त भएका छन्। बैंकको असार २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सीईओ पदमा आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो।
आचार्य बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) कार्यरत थिए। आचार्यको कार्यकाल आगामी साउन १ गतेदेखि लागूहुने गरी ४ वर्षका लागि नियुक्त गरेको बैंकले जनाएको छ।






About Us
प्रतिक्रिया