काठमाडौं – मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले विभिन्न शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको हो ।
इच्छुक तथा अनुभवी नेपाली नागरिकहरुले साउन १ गते कार्यालय समयभित्र रीतपूर्वक आवेदन दरखास्त आह्वान गरेको छ । शाखा प्रमुख (वरिष्ठ सहायकरसुपरीवेक्षक), फिल्ड सहायक (कनिष्ठ सहायक अनुभवी) र फिल्ड सहायक (कनिष्ठ सहायक प्रशिक्षार्थी) पदमा कर्मचारी माग गरेको हो ।
शाखा प्रमुखमा आवेदन दिन न्यूनतम प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उतीर्ण गरी लघुवित्त तथा बैंकिङ्ग क्षेत्रमा शाखा प्रवन्धकको कार्य अनुभव सहित कम्तीमा ३ वर्ष अनुभव भएको हुनुपर्ने उल्लेख छ । मोटरसाइकल एवं चालक अनुमतिपत्र भएको, कम्प्युटर सम्बन्धी दक्ष उम्मेदवारलाई प्राथमिकता दिइने संस्थाले जनाएको छ ।
कर्मचारीको तलव तथा भत्ता संस्थाको नियमानुसार हुनेछ भने संचयकोष, उपदान, बीमा, कल्याणकारी लगायत अन्य सुविधाहरु संस्थाको नियमानुसार हुनेछ । सबै पदहरुको लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । तर, महिलाको हकमा ५ वर्ष थप हुने संस्थाले जनाएको छ ।






About Us
प्रतिक्रिया