उपकार लघुवित्तलाई आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डको अनुमति

उपकार लघुवित्तलाई आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डको अनुमति


बैंकिङ्ग समाचार, काठमाडौं ।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको लागि अनुमति पाएको छ । 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई रू. २ करोड ६६ लाख २५ हजार बराबरको २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासनको लागि चैत ७ गते अनुमति दिएको हो । 

यो आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । हाल संस्थापकतर्फ ६४ प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३६ प्रतिशत आईपीओ विक्री गर्न लागेको हो ।