कालिका लघुवित्तको २५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

कालिका लघुवित्तको २५ हजार कित्ता संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ हजार ३३० कित्ता संस्थापक शेयर चैत १ गते मंगलवारदेखि लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले विभिन्न ६ जना सदस्यहरुको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिई विक्री खुला गरेको हो । 

यो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय पोखरा, कास्कीमा लिखित जानकारी दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।