एक सय अंकभन्दा बढीले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

एक सय अंकभन्दा बढीले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से १०१.०७ अंकले बढेर २ हजार ६ सय ६७ दशमलब ९७ विन्दुमा पुगेको हो ।

त्यस्तै, आज कारोबार रकममा पनि वृद्धि भएको छ । आज ४ अर्ब ८७ करोड ७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १८८ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् । चार कम्पनीका लगानीकर्ताहरुले भने गुमाएका छन् ।

त्यस्तै, आज सात कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । एशियन लाइफ इन्स्यारेन्स कम्पनी, ज्योती लाइफ इन्स्यारेन्स कम्पनी र सानिमा लाइफ इन्स्यारेन्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, आज इमर्जीङ पावर कम्पनी, सूर्या लाइफ इनस्योरेन्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स कम्पनीको पनि शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टकोे भएको छ । यस कम्पनीको आज ३४ करोड ३६ लाख भन्दा बढीको कारोबार भएको छ ।