बैंकिङ्ग समाचार, काठमाडौं ।
सनराइज बैंकले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाको भवन निर्माण गर्न रु. दुई लाख सहयोग गरेको छ । बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपालले, नेपाल रेडक्रस सोसाइटी ईलाम जिल्ला शाखाका सभापति शिव प्रसाद गौतमलाई दुई लाखको चेक हस्तान्तरण गरेका हुन् ।
ईलाम जिल्लामा उक्त रेडक्रस सोसाइटीले रक्त सञ्चार, एम्बुलेन्स सेवा, प्राथमिक उपचार सेवा, विपतमा राहत सेवा जस्ता विभिन्न सेवाहरु दिदै आएको छ । साथै जिल्लामा रेडक्रस सोसाइटीले नयाँ भवन निमार्ण गर्ने योजना बनाएको छ । निर्माण गर्न लागेको भवन तालिम हल सहितको हुने र त्यसले समुदायमा थप सेवा दिन मद्दत गर्ने सोसाइटीले जनाएको छ ।
बैंकले स्वास्थ्य, शिक्षा, पूर्वधार निर्माण, वातावरण संरक्षण आदि क्षेत्रमा सातै प्रदेशमा विभिन्न सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको छ ।
हालसम्म बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया