नेप्सेमा गरिमा विकास बैंकको २७ लाख कित्ता शेयर सूचीकृत

नेप्सेमा गरिमा विकास बैंकको २७ लाख कित्ता शेयर सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधकार गरिमा विकास बैंकको शेयर सूचीकृत भएको छ । गरिमा विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गरेपछि थप हुन आएको शेयर सूचीकृत भएको हो ।

गरिमा विकास बैंक लिमिटेडले साहारा विकास बैंक लिमिटेडलाई १ः१ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको २७ लाख २२ हजार ७ सय ६ दशमलव ०४ कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको हो । अब यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

यो सूचीकृत भएको शेयरसँगै गरिमा विकास बैंकको कुल सूचीकृत शेयर ३ करोड ९४ लाख ८१ हजार ८३२ कित्ता भएको छ ।