बैंकिङ्ग समाचार, काठमाडौं ।
छ्याङ्दी हाइड्रोपावर लिमिटेडले चैत १ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रकृयाबाट विक्री खुला गर्ने भएको छ ।
कम्पनीले गत माघ ११ देखि फागुन २ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण समूहतर्फको ५९ हजार ८२७ कित्ता शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो । यस अघि कम्पनीले १० बराबर ३ को अनुपातमा रू. ८ करोड ९३ लाख २ हजार ५०० बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।
यो शेयर खरीदका लागि चैत ९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
बोलपत्र विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलसँगै ग्लोबल आइएमई बैंकका शाखा कार्यालय विर्तामोड, विराटनगर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढीमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।
प्रतिक्रिया