बैंकिङ्ग समाचार, काठमाडौं ।
शिवम् सिमेन्टस् लिमिटेडले आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरेको शेयर समेत फागुन २२ गतेदेखि नेप्सेमा कारोबार योग्य भएको छ । स्थानीयको शेयर बाँडफाँट भएको मितिले तीन वर्षसम्म लकइन पिरियडमा रहेन व्यवस्था पुरा गरी आइतवारदेखि शिवम् सिमेन्ट्को स्थानीयतर्फको शेयर सर्वसाधारण सरह नेप्सेमा कारोबार योग्य बनेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र मकवानपुर जिल्लाका स्थानीयलाई प्रिमियम मूल्य सहित प्रतिकित्ता रू. २०० का दरले ७ लाख ८५ हजार ३०५ कित्ता शेयर बाँडफाँट गरेको थियो ।
आयोजना प्रभावित स्थानीयमा वितरण हुन नसकेको ९४ हजार ६९५ कित्ता शेयर समेत जोडेर कम्पनीले सर्वसाधारणमा ४४ लाख ३४ हजार ६९५ कित्ता आईपीओ २०७५ साल फागुन २२ गते बाँडफाँट गरेको थियो । सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको तीन वर्षसम्म आयोजना प्रभावित स्थानीयको शेयर लकइन पिरियडमा रहने व्यवस्था रहेको छ ।
दोस्रो बजारमा कम्पनीको ४ करोड ४० लाख कित्ता शेयर सूचीकृत रहेको छ । स्थानीयको शेयर कारोबारयोग्य भएसँगै आइतवार कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया