बैकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले शुक्रबार कम्पनीको १९ प्रतिशत बोनस शेयर पश्चात मूल्य समायोजन गरेको हो । मूल्य समायोजन पश्चात कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८५७ रुपैयाँ १४ पैसा कायम भएको छ । आइतबार यहि मूल्यको आधारमा कारोबार सुरु हुनेछ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बुधबार कम्पनीको शेयर प्रतिकित्ता १०२० रुपैयाँमा कारोबार भएको थियो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस र सोको कर प्रयोजनको लागि १ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश पारित गर्न फागुन २९ गते ३३ औं वार्षिक साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया