कर्णाली डेभलपमेन्ट बैंकको साधारण सभा भोली (शुक्रवार) हुँदै

कर्णाली डेभलपमेन्ट बैंकको साधारण सभा भोली (शुक्रवार) हुँदै

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।

कर्णाली डेभलपमेन्ट बैंकको १७ औं वार्षिक साधारण सभा शुक्रवार हुने भएको छ । कम्पनीले सभा कल्पतरु होटल नेपालगञ्जमा दिउँसो १ बजे शुरु हुने जानकारी दिएको छ । सभाले २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका माघ २८ गतेदेखि फागुन २० गतेसम्म बन्द गर्ने जानकारी दिएको छ ।

यस आधारमा माघ २७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । कोरोना महामारीका कारण सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले जानकारी दिएको छ ।