स्वदेशी रेमिट्यान्सको सिमा घट्यो, देश भित्र २५००० सम्म मात्र रकम स्थानान्तरण गर्न पाइने

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको कारोबार सीमा घटाएको छ । राष्ट्र बैंकले आन्तरिक विप्रेषणको कारोबार सीमा एक लाख रुपैयाँबाट २५ हजारमा झारेको हो । राष्ट्र बैंकले फागुन १८ गतेदेखि नै लागु हुनेगरी यस्तो सिमालाई घटाएको हो ।

राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै इजाजतपत्र प्राप्त विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब-एजेण्ट बा सबरिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा प्रति व्यक्ति, प्रति कारोबार, प्रति दिन २५ हजार रुपैयाँसम्म मात्र गर्न पाउने जनाएको छ । यसअघि अधिकतम एक लाख रुपैयाँसम्म पाउने व्यवस्था थियो । नयाँ व्यवस्था आजैबाट लागू भएको केन्द्रिय बैंकले जनाएको छ ।

तर विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्त (वेनिफिसियरी) लाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमा भने पूर्ववत रुपमा यथावत नै रहेको राष्ट्र बैंकले जनाएको छ ।

\"\"