बैंकिङ्ग समाचार, काठमाडौं ।
वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पछिल्लो हप्तामा झिनो सुधार देखिएको छ । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप १ अर्बले बढेको हो । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार फागुन ६ गतेदेखि १३ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप एक अर्ब रुपैयाँ बराबरले वृद्धि भएको हो ।
फागुन ६ गते शुक्रबारसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप थियो । उक्त निक्षेप संकलन बढेर फागुन १३ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुमा ४३ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ ।
यस अवधिमा कर्जा प्रवाह पनि बढेको देखिन्छ । एक हप्ताको अवधिमा वाणिज्य बैंकहरुले ६ अर्ब कर्जा प्रवाह गरेको हुन् । संघको तथ्यांक अनुसार फागुन ६ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह बढेर फागुन १३ गतेसम्म आइपुग्दा ४१ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको हो ।
प्रतिक्रिया