बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंकको पहिले स्थगित भएको २० औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको २० प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकको सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न सभाले आव २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ ।
२० औं वार्षिक साधारण सभाबाट संस्थापक समूह (क) बाट राजेश उपाध्याय, संजय गिरी र दिपककुमार रौनीयार र सर्वसाधारण समुह (ख) बाट श्याम सुन्दर रुङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल सञ्चालक पदमा निर्वाचित भएका छन् ।
साथै बैंकको शुक्रवार नै बसेको सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा पुन राजेश उपाध्यायलाई नै अध्यक्ष पदमा चयन गरेको छ ।
प्रतिक्रिया