हिमालयन जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
फागुन १५ गते, आइतबार हिमालयन जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ  ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १६ गते, बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

इन्स्योरेन्सले फागुन ३० गते, आफ्नो केन्द्रिय कार्यालय, थापागाँउ, काठमाडौँमा २८ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे भर्चुअल माध्यमबाट सञ्चालन गरिनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले अन्य कम्पनीलाई प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने गाभिनेसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।