बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडले ४७ हजार ३५० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले बुधवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी सुलोचना कसजुको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन ।
उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
उक्त समय अवधिमा शेयर खरीद गर्न कसैको निवेदन नआएमा कानून अनुसार अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री प्रकृया अघि बढ्ने जानकारी कम्पनीले दिएको छ ।
प्रतिक्रिया