बैंकिङ्ग समाचार, काठमाडौं ।
कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकममा गोर्खाज फाइनान्स अब्बल देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १९.४३ अंकले बढेर २७८४.९५ विन्दुमा पुगेको छ । नेप्से ०.७० प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ३.१६ अंकले बढेर ५२२.५३ विन्दुमा पुगेको छ ।
कूल २३६ वटा कम्पनीको १ करोड ४२ लाख ८८ हजार १ सय ३० कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहहरुको सेयर घटेको छ भने बाँकी १० उपसमूहहरुको सेयर बढेको छ ।
बजार बढ्दा कारोबार रकममा गोर्खाज फाइनान्स लिमिटेड अब्बल देखिएको छ । आज फाइनान्सको २२ करोड ७७ लाख ४० हजार ९ सय १७ रूपैयाँको कारोबार भएको छ ।
सोमबार मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक बढेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर २ सय ८५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । आज कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
त्यस्तै, आज प्रभु सेलेक्ट फण्डको मूल्य सर्वाधिक घटेको छ । आज फण्डको मूल्य ३.१७ प्रतिशतले घटेर ९ रुपैयाँ १७ पैसामा अन्तिम कारोबार भएको छ ।
प्रतिक्रिया