नेप्से परिसूचक १३ अंकले बढ्यो, कारोबार रकम ७ अर्ब ३६ करोडमाथि

नेप्से परिसूचक १३ अंकले बढ्यो, कारोबार रकम ७ अर्ब ३६ करोडमाथि

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
 आज शेयर बजार नेप्से परिसूचक १३ दशमलव ८३ अंकले बढेर २,७१२ दशमलव ०७ को विन्दुमा कायम भएको छ । आज १२२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ५४ वटा कम्पनीको शेशयर मुल्य घटेको छ । हिजो बजार ११४ अंकले घटेको थियो भने आज केही सुधार देखिएको छ ।

आज २२३ वटा कम्पनीको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज कम्पनीको २५ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २० करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको २० करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको २० करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १८ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले ५ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् । निफ्राका लगानीकर्ताले ४ दशमलव ६६ प्रतिशतका दरले कमाएका छन् । एलआइसीका लगानीकर्ताले ४ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सानिमा लार्ज क्याप फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ३ दशमलव ४३ प्रतिशतका दरले गुमाएका छन् । एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।