इम्प्रेसनका ढुुंगेल नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्डद्वारा सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बिगत १३ वर्षदेखि विज्ञापन व्यवसायीका रूपमा कार्यरत इम्प्रेसन ए क्रिएटिभ डिजाइनका सञ्चालक राजु ढुंगेल नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्डद्वारा सम्मानित भएका छन्।

सिजन मिडियाले संविधान दिवस २०७८ को अवसर पारेर नेपालका विविध क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तित्वहरुलाई सो अवार्ड प्रदान गरेको छ।  

लामो समयदेखि विज्ञापन व्यवसाय मार्फत विज्ञापन बजारमा उनले पुर्‍याएको योगदानको कदर स्वरुप उनलाई लाजिम्पाटस्थित होटल र्‍याडिसनमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले डिजिटल एड्भरटाइजिङ एक्सपर्ट अवार्डद्वारा सम्मान प्रदान गरेका थिए।

लगभग साढे दुई दशक अघि आफ्नो उच्च शिक्षाका निम्ति सिन्धुलीबाट काठमाडौँसम्मको यात्रा तय गरेका ढुंगेलले जीवनमा थुप्रै संघर्ष पार गरेको बताएका छन्।
सिजन मिडियाले ढुंगेलसहित देशभरबाट ३० जनालाई नेशनल प्रोफेसनल एचिभमेन्ट अवार्ड प्रदान गरेको छ।  

\"\"