video by:केकेग्यनखाई
मनोज रेग्मी, काठमाडौं ।
सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारी बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका बेला क्रिस्टल फाइनान्स र सिटिजन्स बैंकबीच अन्तर बैंकिङ सम्झौता अनुरुप १५ करोड ऋण सम्झौता भएको थियो । सम्झौता अनुसार सिटिजन्स बैंकले थापाथली स्थीत कित्ता नम्बर २३७७ मा क्रिस्टल फाइनान्सको जग्गा स्वीकार गरी आफ्नो शाखा कार्यलय स्थापना गर्यो ।
उक्त शाखा कार्यलय परिसरमा कित्ता नम्बर २३७७ ,२३७८, २३७६, २३७५, ११४४ का जग्गा क्रिस्टल फाइनान्सको नाममा छ । खराब कर्जा बढ्नुका साथै निक्षेप भन्दा बढी ऋण लगानी गरेकै कारण वित्तीय अवस्था बिग्रेको भन्दै राष्ट्र बैंकले यो फाइनान्सलाई २०६९ असोजमा समस्याग्रस्त घोषणा गरेको थियो। समस्याग्रस्त घोषणा गरेको झन्डै ८ वर्षमा पनि स्थितिमा कुनै सुधार नआएपछि राष्ट्र बैंकले यो फाइनान्सको लाइसेन्स खारेज गरिदियो । लाइसेन्स खारेज भइसकेपछि नेपाल राष्ट्र बैंकले पुनरावेदन अदालतमा मुद्दा दायर गरिसकेको छ ।
खारेजीपछि संस्थाको सबै दायित्व लिक्विडेटरमा पुग्छ । सोही अनुसार नियुक्त लिक्विडेटरले सिटिजन्स बैंकको शाखा कार्यालय भएको उक्त जग्गामा पर्खाल लगाउन लागेको लिक्विडेटर कार्यालयका प्रमुख तीलमान सिंहचन्दले जानकारी दिए । शाखा भएको स्थानको नक्सामा हेर्दा बाटै नपुगेको देखिन्छ । बाटै नभएको उक्त जग्गामा तत्कालिन सिइओ भण्डारीले आफुहित काम गरेको स्रोत बताउँछ ।
उनले उक्त ऋण सम्झौता आफ्नो फाइदाका लागि मात्रै गरेको स्रोतको दाबी छ । आफु कार्यकारी भएपछि संस्थामा निहित रुपमा कर्जा उब्लब्ध गराएको र मनोमानी ढंगले काम गरेको आरोप त्यस संस्थासँग सम्बन्धीत सरोकारवालाहरुको छ । यता राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले क्रिस्टल फाइनान्स खारेज भइसकेको र पक्रिया अनुसार केन्द्रीय बैंकले पुनरावेदन अदालतमा मुद्दा दायर गरिसकेको बताए ।
अहिले राजनसिंह भण्डारी सिटिजन्स बैंकको अध्यक्ष छन । उनी कुनैबेला राष्ट्र बैंकमा पनि कार्यरत थिए । यस्तै तमाम संस्थाहरुका कार्यकारी पदमा रहेर काम गरेका तमाम व्यक्तीहरुले आफ्नो हितमा काम गर्दा बैंक तथा वित्तिय संस्थाहरुमा विकृति फैलिरहेको जानकारहरु बताउँछन ।
आवश्यक कागजातहरु
प्रतिक्रिया