बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंक काेष प्रवर्द्धक रहेकाे सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले लाभांश सुरक्षित गर्ने आज (भदाै ३० गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।
दुवै फण्डले लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि (असाेज १ गते, शुक्रबार) बुकक्लाेज गर्ने भएका छन् । त्यसैले, आज (भदाै ३० गते, बिहीबार) सम्म नेप्सेमा काराेबार भई कायम हुने इकाईधनीहरूले मात्र लाभांश लिन सक्नेछन् ।
सानिमा क्यापिटलकाे भदाै १५ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले सानिमा इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ३३ प्रतिशत र सानिमा लार्ज क्याप फण्डका इकाईधनीहरूलाई करसहित ४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।
प्रतिक्रिया