बैंकिङ्ग समाचार, काठमाडौं ।
आज (मंगलबार) नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट देखिएको छ । नेप्से परिसूचक दाेहाेराे अंकले घट्दा काराेबार रकम पनि ५ अर्बमा खुम्चिएकाे छ । अहिलेकाे सेयर बजारकाे अवस्थामा लगानीकर्ताहरू पनि दुविधामा देखिएका छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १८.५४ अंकले घटेर २९२९.२८ विन्दुमा झरेकाे छ । नेप्से ०.६३ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.२१ अंकले घटेर ५४५.६६ विन्दुमा झरेको छ ।
कूल २२२ वटा कम्पनीकाे एक कराेड ६ लाख ३९ हजार ८ सय २६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४ सय ४३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर घटेको छ ।
मंगलबार पनि काराेबार रकममा अरूण भ्याली हाइड्राेपावर कम्पनी लिमिटेडले नै अग्रता कायम गरेकाे छ । कम्पनीकाे २७ कराेड ३ लाख ७० हजार ५ सय २४ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।
आज मनकामना लघुवित्तकाे सेयरमूल्य १० प्रतिशतले बढ्दा सानिमा लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे काराेबार सर्किट लेभलमा भएकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेकाे हाे । यस दिन राष्ट्रिय बीमा कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ ।
प्रतिक्रिया