बैंकिङ्ग समाचार, काठमाडौं ।
कृषि विकास बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले भदाै ८ गतेदेखि भदाै २२ गतेसम्म प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ६ अर्ब रूपैयाँ बराबरकाे ६० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेकाे थियाे ।
कम्पनीकाे सञ्चालक समितिले उक्त अवधिभर रितपूर्वक प्राप्त भएका आवेदनहरूबाट ३४ लाख २६ हजार ९ सय ७५ कित्ता ऋणपत्र भदाै २५ गते, शुक्रबार बाँडफाँड गरेकाे हाे । बैंककाे ऋणपत्रमा निष्कासन तथा बिक्री प्रवन्धककाे काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेकाे थियाे ।
बैंकले प्रकाशन गरेकाे सूचना
प्रतिक्रिया