बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ क्यापिटल लिमिटेडले असोज १८ गते १०औं वार्षिक साधारण सभा बोलाएको छ । क्यापिटलको कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा साझ ४ सभा सभा बोलाईएको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्ष ०७८/७९ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ ।
साथै प्रस्तावित ४० प्रतिशत नगद लाभांश समेत सभाले पारित गर्नेछ । क्यापिटलले गत आर्थिक वर्ष ०७७/७८ को सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको रू. २ लाखलाई समेत सभाले पारित गर्नेछ । कोभिडको जोखिमलाई ध्यानमा राखी सभामा भर्चुअल माध्यमबाट सहभागी गराउने व्यवस्था क्यापिटलले गरेको छ ।
प्रतिक्रिया