बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक लिमिटेडले साँखु स्थित उग्रतारा माध्यमिक विद्यालयमा खानेपानी फिल्टर गर्ने प्रणाली जडान गरेको छ ।
अत्यावश्यक भौतिक पूर्वाधारको अभावमा प्रभावकारी पठनपाठन हुन नसक्ने कुरालाई मध्यनजर गरी, उक्त विद्यालय व्यवस्थापनसँगको समन्वयमा सो फिल्टर प्रणाली जडान गरिदिएको छ ।
यस खानेपानी फिल्टर गर्ने प्रणाली जडान गतिविधिसँगै पूर्वाधार विकासका विविध कार्यहरुमा सहयोग पु¥याउँदै आएको बैंकले जनाएको छ ।
प्रतिक्रिया