बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले तरलता अभाव कम गर्न ३० अर्बको रिपो जारी गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट दुई साताको लागि उक्त रिपो जारी गरेको हो । यो रिपो २४ भदौबाटबाट ७ असोजसम्मको १४ दिनका लागि जारी गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यस्तो रकमका लागि वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्तसम्मले लिन पाउने राष्ट्र बैंकले जारी गरेको उक्त रिपोमा उल्लेख छ ।
प्रतिक्रिया