नक्कली एडभान्स पेमेन्ट ग्यारेन्टी तयार पारेर नेपाल बैंकमा भ्रष्ट्राचार, ३ जना विरुद्द मुद्दा दायर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल बैंक लिमिटेड मंलगवा शाखामा कार्यरत सन्तोष बिक्रम शाहसहित दुई जना विरुद्द विशेष अदालतमा मुद्दा दायर भएको छ । सर्लाही जिल्लाको लालवन्दी नगरपालिका भवन बनाउन ठेक्का दिँदा ठेकेदारलाई नक्कली बैँक ग्यारेन्टीको आधारमा भुक्तानी गरेको भन्दै उनीसहित अन्य दुई जना विरुद्द मुद्दा परेको हो ।

अख्तियार दुरुपयोग आयोगले उनीहरु विरुद्द मुद्दा दायर गरेको हो । नेपाल बैंक लिमिटेड मलंगवा शाखाको नक्कली अग्रिम भुक्तानी जमानत बनाई ४२ लाख रुपैयाँ भुक्तानी लिई सरकारी रकम हिनामिना गरेको पुष्टि भएकोले उनी विरुद्द मुद्दा दायर गरिएको हो ।
उनीसँगै बेतालीरपाँच कुमारी जे।भी।का पार्टनरहरु अनिल गुप्‍ता र शिब नन्दन पासवान विरुद्द पनि मुद्दा परेको छ ।

शाहले उक्त रकम हिनामिना हानिनोक्सानी गरेको पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, द्दण्छढ को दफा ज्ञठ अनुसारको कसुरजन्य कार्य भएकोले निजलाई बिगो ४२ लाख रुपैयाँ कायम गरी सोही ऐनको दफा घ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम सजाय हुन र सोही ऐनको दफा ज्ञठ बमोजिम उक्त बिगो असुल हुन मागदाबी लिइएको छ ।