बैंकिङ्ग समाचार, काठमाडौं ।
शाखा सञ्जाल विस्तार गर्ने क्रममा सिभिल बैंकले कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आफ्नो ११५ औं शाखा सञ्चालनमा ल्याएको छ।
भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले शाखा उद्घाटन गर्दै महेन्द्रनगरमा वित्तीय पहुँच वृद्धि गर्न र वित्तीय स्तर बढाउन यस शाखाले सहयोग गर्ने बताए। उनले व्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनूकुल वातावरणलाई प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिए।
सिभिल बैंकका डिपोजिट तथा कारोबार प्रमुख भोला बहादुर विष्टले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकहरुको सहभागिता बिना आर्थिक समृद्धि सम्भव नहुने बताए। बैंकले हालसम्म करिव छ लाख ग्राहकहरुलाई ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ८६ एटियमहरु मार्फत बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्दै गरिरहेको छ।
प्रतिक्रिया