तिस दिन भित्र लाभांश लिन नबिल बैंकको अनुरोध, नलिए जाला लगानीकर्ता संरक्षण कोषमा

तिस दिन भित्र लाभांश लिन नबिल बैंकको अनुरोध, नलिए जाला लगानीकर्ता संरक्षण कोषमा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश लिन अनुरोध गरेको छ । 

बैंकको २०७१ पुष १३ मा सम्पन्न ३१ औँ वार्षिक साधारण सभाबाट पारित भएको २०७१र७२ को नगद लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो ।

सेयरधनीहरुले एक महिनाभित्र बैंकको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड, नक्साल काठमाडौंमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् । उक्त अवधिभर लाभांश संकलन नगरेमा कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ ।

बैंकले प्रकाशन गरेको सूचना

\"\"