बैंकिङ्ग समाचार, काठमाडौं ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको गत आर्थिक बर्षको चौथो त्रैमासमा खुद नाफा २०.५७ प्रतिशत बढेर ५१ करोड ४५ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ४२ करोड ६७ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत बर्षको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ४.३३ प्रतिशत बढेर १ अर्ब ३१ करोड ६९ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब २६ करोड २२ लाख ३२ हजार रुपैयाँ खुद बइाज आम्दानी गरेको थियो ।
गत असार मसान्तसम्म बैंकको सञ्चालन मुनाफा १२.९९ प्रतिशत बढेर ७५ करोड ६७ लाख ११ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको सञ्चालन मुनाफा ६६ करोड ९७ लाख १४ हजार रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३७ करोड ८९ लाख ५७ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा बैंकको निक्षेप संकलन १७.२३ प्रतिशत बढेर ३५ अर्ब ४१ करोड ५४ लाख ७४ हजार रुपैयाँ गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ३० अर्ब २० करोड ९१ लाख ५९ हजार रुपैयाँ निक्षृप संकलन गरेको थियो ।
त्यस्तै, बैंकको कर्जा २९ अर्ब १५ करोड ७४ लाख ७ हजार रुपैयाँ परिचालन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले २४ अर्ब ३४ करोड ५ लाख ४५ हजार रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
त्यस्तै, बैंकको जगेडा कोषको आकार २१.२८ प्रतिशत बढेर १ अर्ब ३ करोड ४० लाख ८१ हजार रुपैयाँ जम्मा भएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको जगेडा कोषमा ८३ करोड ६१ लाख ६३ हजार रुपैयाँ रहेको थियो । बैंकको चुक्ता पूँजी १३ प्रतिशत बढेर ३ अर्ब ४० करोड ८४ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।
बैंकको निष्क्रिय कर्जा (एनपीएल) १.१० प्रतिशतबाट घटाएर ०.९९ प्रतिशतमा झार्न सफल भएको छ । सीडी रेसियो ८०.०१ प्रतिशत रहेको बैंकको आधार दर ६.७१ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १५.१० रुपैयाँ रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात (पीई रेसियो) २९.८१ गुणा रहेको र प्रतिसेयर नेटवर्थ १४१.६६ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया