सिभिल बैंकको ५५ करोड ९३ लाख रुपैयाँ, वितरणयोग्य मुनाफा कति ?

सिभिल बैंकको ५५ करोड ९३ लाख रुपैयाँ, वितरणयोग्य मुनाफा कति ?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सिभिल बैंक लिमीटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा ५५ करोड ९३ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ५५ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो आवको सोही अवधिको तुलनामा बैंकले गत आवमा ४३ लाख रुपैयाँ धेरे खुद नाफा आर्जन गरेको हो ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४९ करोड ८५ लाख रुपैयाँ मात्र रहेको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब ६४ करोड रहेको छ ।

बैंकको संचालन मुनाफा अघिल्लो वर्षको चौथो त्रैमाससम्म ९० करोड ८८ लाख रुपैयाँ रहेकोमा गत बर्ष घटेर ९० करोड १९ लाखमा सीमित भएको छ । अघिल्लो वर्ष २ अर्ब २३ करोड रहेको खूद ब्याज आम्दानी समेत घटेर २ अर्ब २१ करोडमा सीमित भएको छ ।

अघिल्लो वर्ष रिटेन अर्निंग ७२ करोड २९ लाख रहेकोमा गत बर्ष घटेर ५३ करोड ७२ लाखमा सीमित भएको छ । बैंकको जगेडा कोष अघिल्लो बर्ष १ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा गत बर्ष बढेर १ अर्ब ५० करोड पुगेको छ ।

समीक्षा अवधिमा बैंकले ८८ अर्ब ६३ करोड बढी निक्षेप संकलन गरी ७९ अर्ब ६ करोड बढी कर्जा परिचालन गरेको छ । बैंकले निक्षेप र कर्जातर्फ भने क्रमशः ५४.११ र ५१.४४ प्रतिशतको प्रगति गरेको हो । बैंकको प्रतिसेयर आम्दानी पनि ५.७१ रुपैयाँबाट बढेर ६.४७ रुपैयाँ मात्र पुगेको छ ।

अघिल्लो वर्ष २.३८ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटेर समीक्षा वर्षसम्म १.०५ प्रतिशतमा सीमित बन्न पुगेको छ । समीक्षा अवधिसम्ममा बैंकको कस्ट अफ फण्ड ६.४६ प्रतिशत, आधार दर ७.८३ प्रतिशत, सीडी रेसियो ८०.३२ प्रतिशत, मूल्य आम्दानी अनुपात ४४.१९ गुणा, प्रतिसेयर नेटवर्थ १२३.६७ रुपैयाँ र तरलता अनुपात २२.३१ प्रतिशत कायम भएको छ ।