एनसीसी बैंकको ब्याज आम्दानी झिनो अंकले घट्दा अन्य सबै सूचक बढे, कुन सूचकमा कति प्रगति गर्यो ?

एनसीसी बैंकको ब्याज आम्दानी झिनो अंकले घट्दा अन्य सबै सूचक बढे, कुन सूचकमा कति प्रगति गर्यो ?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १४.६८ प्रतिशत बढेर १ अर्ब २७ करोड १२ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब १० करोड ८४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ०.२७ प्रतिशत घटेर ३ अर्ब २० करोड १० लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब २० करोड ९५ लाख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी १४.६० प्रतिशत बढेर ६५ करोड १२ लाख ५६ हजार रुपैयाँ, सञ्चालन मुनाफा ११.९१ प्रतिशत बढेर १ अर्ब २७ करोड १२ लाख ३३ हजार रुपैयाँ, वितरणयोग्य मुनाफा २.१२ प्रतिशत बढेर ७१ करोड ४७ लाख ५९ हजार रुपैयाँ र कुल सञ्चालन मुनाफा १२.३२ प्रतिशत बढेर ४ अर्ब ५३ करोड ५ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ४० करोड ५६ लाख रुपैयाँबाट बढेर ४१ करोड ९२ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १०.२७ प्रतिशत बढेर १० अर्ब ३१ करोड ४५ लाख १६ हजार रुपैयाँ, जगेडा कोष १२.१७ प्रतिशत बढेर ४ अर्ब २७ करोड ३ लाख ९२ हजार रुपैयाँ, निक्षेप ४६.४९ प्रतिशत बढेर १ खर्ब ६ अर्ब ६६ करोड ७१ लाख ५२ हजार रुपैयाँ कर्जा ४५.३९ प्रतिशत बढेर ९४ अर्ब ५३ करोड ७६ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ४७ पैसा बढेर १२ रुपैयाँ ३२ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २९.७८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ४० पैसा रहेको छ ।