बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया बैंकको गत आर्थिक बर्षको चौथो त्रैमासमा खुद नाफा ४.९२ प्रतिशत बढेर ३ अर्ब २५ करोड १० लाख ८४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ९ करोड ८५ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २१.३४ प्रतिशत बढेर ९ अर्ब २२ करोड ७५ लाख २ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ७ अर्ब ६० करोड ४८ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ३५.०४ प्रतिशत घटेर १ अर्ब ६१ करोड २८ लाख ४२ हजार रुपैयाँमा सिमित भएको छ । बैंकको सञ्चालन मुनाफा ८.२१ प्रतिशत बढेर ४ अर्ब ७९ करोड ८८ लाख ९२ हजार रुपैयाँ, वितरणयोग्य मुनाफा ३३.३८ प्रतिशत बढेर १ अर्ब ९२ करोड १७ लाख २ हजार रुपैयाँ र कुल सञ्चालन मुनाफा ६.१२ प्रतिशत बढेर ११ अर्ब ३३ करोड ७५ लाख ४२ हजार रुपैयाँ रहेको छ । बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा १ अर्ब ११ करोड ३७ लाख रुपैयाँबाट बढेर १९ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा चुक्ता पूँजी १९ प्रतिशत बढेर ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ, जगेडा कोष २१.३१ प्रतिशत बढेर ९ अर्ब १२ करोड ७९ लाख ६० हजार रुपैयाँ, निक्षेप ४२.२५ प्रतिशत बढेर २ खर्ब ८६ अर्ब ८२ करोड ६ लाख १५ हजार रुपैयाँ र कर्जा ५५.३३ प्रतिशत बढेर २ खर्ब ४८ अर्ब ८१ करोड १४ लाख १५ हजार रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७७ पैसा घटेर २८ रुपैयाँ ११ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ३५.३६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ रहेको छ ।
एनआईसी एशिया बंैकले गत आ.व. २०७७÷७८ मा व्यवसायमा ऐतिहासिक वृद्धि गरी अधिकांश वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थान हासिल गर्न सफल भएको छ । आ.व. २०७७÷७८ मा यस बैंकले कर्जातर्फ करिब रू. ९१ अर्बको वृद्धि गरी कुल कर्जा रकम रू. २६५ अर्ब पु¥याउन सफल भएको छ । जुन २७ वटै वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै हो ।
प्रतिक्रिया