मैलुङ खोलाको आईपीओको बिक्री खुल्यो, कस्तो छ कम्पनी?

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणका लागि साउन १४ गतेदेखि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर बिक्रीमा ल्याएको हो ।

कुल निष्काशन भएको शेयरमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता शेयर खरीदका सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको आईपीओमा लगानीकर्ताले मेरो शेयरको मोबाइएल एप तथा वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सो शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन गर्ने व्यवस्था छ । यद्यपी ६८ हजार जनाले मात्र शेयर पाउने हुँदा १० कित्ताको आवेदन नै प्रयाप्त हुने देखिन्छ ।

आईपीओ निष्काशनका लागि कम्पनीले केयर रेटिङ्ग नेपाल मार्फत साख मूल्याङ्कन गराएको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डि इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । डि इस्यूअर रेटिङ्गले कम्पनीले वित्तीय दायित्व पूरा नगरेको वा छिटै पूरा गर्न नसक्ने जनाउँद छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

कस्तो छ कम्पनी?

६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको यो आयोजना रसुवा जिल्लाको डाँडागाउँमा रहेको छ । आयोजनाको कुल लागत ९० करोड २९ लाख ३५ हजार ४९६ रुपैयाँ रहेको छ। प्रति मेगावाट लागत १८ करोड ५ लाख रुपैयाँ लाग्ने कम्पनीको अनुमान छ।आईपीओ निष्काशन गरेर संकलन भएको रकम विभिन्न बैंकबाट लिएको ऋण रकम भुक्तानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्ममा सञ्चित नाफा ७ करोड ६२ लाख ६७ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ। अघिल्लो आर्थिक २०७६/७७ सम्म कम्पनी सञ्चित मुनाफा १ करोड २० लाख रुपैयाँ नोक्सानीमा रहेको थियो।

यस्तै, गत आर्थिक वर्ष २०७७/७८ मा ७ करोड ४४ लाख रुपैयाँ, आर्थिक वर्ष २०७८/७९ मा ७ करोड ६८ लाख रुपैयाँ सञ्चित नाफा कमाउने कम्पनीको प्रक्षेपण छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ २५ पैसा र प्रतिशेयर आम्दानी २८ रुपैयाँ ५४ पैसा हुने अनुमान गरिएको थियो।

हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ४५ लाख १४ हजार रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्नेछ।

कम्पनीमा ७० प्रतिशत शेयर संस्थापक समुहको, स्थानीय बासीन्दाका लागि १० प्रतिशत र सर्वसाधारणका लागि २० प्रतिशत शेयर स्वामित्व संरचना रहेको छ । जसमध्ये २५ करोड ७७ लाख रुपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता भईसकेको छ । आईपीओ निष्काशनपछि कम्पनी शेयर स्वामित्व संस्थापक ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत कायम हुनेछ।