लघुवित्त संस्थाहरुलाई राष्ट्र बैंकको कसी: २०% प्रतिशतभन्दा बढि लाभांस बाँड्न निरुत्साहन, बाँडे आधा पैसा जगेडाकोषमा जम्मा गनुपर्ने 

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
 नेपाल राष्ट्र बैंकले 'घ' वर्गको लघुवित्त संस्थाहरुको लाभांसमा थप कडाइ गरेको छ। राष्ट्र बैंकले सोमबार नयाँ निर्देशिका जारी गर्दै लाभांसमा कडाइ गरेको हो।

राष्ट्र बैंकले २० प्रतिशतभन्दा बढि लाभांस वितरण गर्न निरुत्साहित गरेको छ। नगद र बोनससहित २० प्रतिशतभन्दा बढि लाभांस वितरण गर्न निरुत्साहित गरेको हो। यदि कसैले २० प्रतिशतभन्दा बढि लाभांस दिन चाहेमा त्योभन्दा बढि लाभांसको आधा जगेडा कोषमा राख्नु पर्ने छ।

अर्थात कसैले २० भन्दा बढेर ३० प्रतिशत लाभांस दिने घोषणा गर्यो। अब उसले १० प्रतिशत लाभांस वितरण गर्न मानौं २ करोड रुपैयाँ चाहिने रहेछ भने एक करोड जगेडा कोषमा राख्नु पर्छ। अनि मात्र उसले ३० प्रतिशत दिन पाउँछ। 

जगेडा कोषमा लगिएको पैसा फेरि आगामी बर्ष लाभांस बाँड्न पाइन्छ कि पाइँदैन भनेर निर्देशन मौन छ।