समृद्धि फाइनान्सको ११.३५ लाख कित्ता संस्थापक शेयरमा आजदेखि आवेदन दिन सकिने

समृद्धि फाइनान्सको ११.३५ लाख कित्ता संस्थापक शेयरमा आजदेखि आवेदन दिन सकिने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं ।  
समृद्धि फाइनान्स कम्पनी लिमिटेडको लिलामी प्रकृयाबाट विक्री खुला गरिएको ११ लाख ३५ हजार ५५८ कित्ता संस्थापक शेयरमा आजदेखि आवेदन दिन सकिनेछ ।

कम्पनीले अवितरित हकप्रद शेयर असार २९ गतेदेखि साउन ५ गतेसम्म लिलामी प्रकृयाबाट उक्त शेयरको बिक्री खुला गरेको हो ।

यो शेयर खरीदका लागि न्यूनतम मूल्य १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।

बोलपत्र बिक्री प्रबन्धकसँगै बैंक अफ काठमाण्डूका शाखा कार्यालय विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत, नेपालगञ्ज, धनगढी र समृद्धि फाइनान्सका केन्द्रिय कार्यालय हेटौँडा, बुटवल, पोखरा र नारायणगढमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।

कम्पनीले असार ३ गतेदेखि १० गतेसम्म हकप्रद अवितरित १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर बिक्री खुला गरेको थियो । सो बेला २ लाख ४५ हजार १६० कित्ता शेयर मात्र बिक्री भएपछि कम्पनीले फेरि लिलामीमा ल्याएको हो ।