नेपाल बंगलादेश बैंकबाट साझेदार आइएफआईसी बैंक बाहिरिने

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं ।  
नेपाल बंगलादेश बैंकको बंगालदेशी साझेदार आईएफआईसी बैंकले सबै सेयर बिक्री गर्ने भएकाे छ ।

बैंककाे संस्थापक समूहका शेयरधनी आईएफआईसी बैंक लिमिटेड, ढाकाले आफ्नाे सम्पूर्ण ३ कराेड ६८ लाख २७ हजार ४ सय २६ कित्ता तथा आर्थिक वर्ष २०७७/७८ मा कुनै बाेनस सेयर प्राप्त भएमा साे समेत गरी सबै संस्थापकहरू बिक्री गर्न लागेकाे हाे । 

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंककाे केन्द्रिय कार्यालय, कमलादी, काठमाडाैँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

३५ दिन भित्र पनि सेयर बिक्री नभएमा अन्य व्यक्ति,संघ, संस्थाको लागि खुल्ला गरिने बैंकले जनाएकाे छ ।

\"\"