काठमाडौंको भोटाहिटीमा कामना सेवा विकास बैंकको शाखा बिस्तार

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं ।
कामना सेवा विकास बैंकले काठमाडौं जिल्लाको काठमाडौंको भोटाहिटीमा असार २७ गते आइतबारका दिन १२८औ शाखा बिस्तार गरेको छ । योे संगै काठमाडौं उपत्यकामा बैंकका २३ वटा शाखा पुगेका छन ।

हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रहि काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २७ का अध्यक्ष चिनिया मान बज्राचार्य र बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा उक्त शाखाको सुरुवात गरेका थिए ।

बैंकका अध्यक्ष आचार्यले कोभिडको प्रभावकाबीच पनि भोेलीको सम्भावनालाई मध्यनजर गरी शाखा विस्तारमा लागेको बताउँदै असहज अवस्था हट्ना साथ आर्थिक गतिविधिहरु चलायमान भई बैंकको कारोबार समेत विस्तार हुने विश्वास व्यक्त गरेका थिए ।

बैंकले १२८ वटा शाखा, १ वटा विस्तारीत काउन्टर तथा ७० वटा एटीएम बुथ मार्फत सेवा प्रदान गर्दै आएको छ ।