युनाइटेड फाइनान्सलाई प्राप्तीपछि नबिलले असार २७ गतेदेखि एकीकृत कारोबार थाल्ने

युनाइटेड फाइनान्सलाई प्राप्तीपछि नबिलले असार २७ गतेदेखि एकीकृत कारोबार थाल्ने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं । 
नबिल बैंक लिमिटेड (NABIL) ले असार २७ गतेदेखि युनाइटेड फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ती गरी एकीकृत कारोबार थाल्ने भएको छ ।

एकीकृत कारोबार गर्न बैंकलाई कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार १८ गते र नेपाल राष्ट्र बैंकबाट असार १५ गते स्वीकृति प्राप्त भएसँगै असार २७ गते एकीकृत कारोबारको मिति तय भएको कम्पनी सचिव प्रवीण पौड्यालले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न बैंक र फाइनान्सलाई असार १५ गते मंगलबार अन्तिम स्वीकृति दिएको थियो ।

दुबै कम्पनीको असार ५ गते, शनिबार सम्पन्न भएको विशेष साधारण सभाले एक आपसमा गाभ्ने गाभिने सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए ।

नबिल बैंकले युनाइटेड फाइनान्सलाई १०० बराबर ३५ को शेयर स्वाप रेसियोमा प्राप्ती गरेको हो । जस अनुसार युनाइटेड फाइनान्सको १०० कित्ता शेयर हुनेले एक्विजिशनपछि नबिल बैंकको ३५ कित्ता शेयर प्राप्त गर्नेछन् ।

युनाइटेड फाइनान्सलाई प्राप्तिपछि नबिल बैंकको चुक्ता पूँजी १३ अर्ब ८५ करोड रूपैयाँ पुग्नेछ ।