बैकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंकले नबिल दिगो बैंकिङ्ग स्थापनाको घोषणा गरेको छ । बैंकले मंगलबार एक भर्चअल कार्यक्रममार्फत सो घोषणा गरेको हो । नबिल दिगो बैंकिङ्गको माध्यमबाट बैंकले अहिलेसम्म बैंकिङ्ग नगरेकाहरूलाई वित्तीय पहुँच प्रदान गर्दै देशको सबैभन्दादुर्गम स्थानहरूमा उद्यमशिलतालाई प्रवद्र्धन गर्ने उद्देश्यअनुसार नबिल दिगो बैंकिङ्गस्थापनाको घोषणा गरिएको हो ।
संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूसँग पंक्तिबद्ध भएर नबिलदिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म गएर सुदृढ नेपालको लागि स्थायी लघुउद्यम सिर्जना गर्नको निमित्त सुविधाहरू प्रदान गर्ने सोच नबिलले लिएको छ ।






About Us
प्रतिक्रिया