बैंकिङ कसुर मुद्दाका फरार पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।
बैंकिङ कसुर मुद्दाका फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकादो बस्ने कैलाली टिकापुर घर भएका ३५ वर्षीय महेन्द्र लोहारलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

जिल्ला अदालत बाँकेको २०७६ पुस २३ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ८ दिन कैद र ११ लाख २५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर आवश्यक कारवाहीका भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।