बैकिङ्ग समाचार, काठमाडौं ।
गरिमा विकास बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा १ अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार ११ गते सेबोनमा निवेदन पेश गरेको हो ।
कुल जारी हुने १० लाख कित्ता इकाई ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता बिक्री गर्नेछ भने बाँकी ६ लाख कित्ता इकाई बैंकले ब्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ ।
बैंकले जारी गर्न लागेको ऋणपत्रको अवधि र लगानीकर्ताले पाउने ब्याजदर भने उल्लेख गरिएको छैन ।
बैंकको उक्त ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ ।
प्रतिक्रिया